नेकपाले बनायो संविधान संशोधनका लागि तिन सदस्यीय कार्यदल

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौं | संविधान संसोधनको लागि गृहकार्य गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तिन सदस्यीय कार्यदल बनाएको छ | नेकपा सचिवालय सदस्य माधव कुमार नेपालको नेतृत्वमा तिन सदस्यीय कार्यदल बनाइएको हो |

कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा र माधव नेपाल छन् | नेकपा उपाध्यक्ष बामदेव गौतमको माग अनुसार यो कार्य दलले राष्ट्रियसभा सदस्यलाई पनि प्रतिनिधि सभा सदश्य समान अधिकार हुने गरी संविधान संसोधनकालागि गृहकार्य गर्ने बताइएको छ |

गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने अडान राख्दै आएका छन् | नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ | सोहि माग अनुसार उनले माघ ९ गते भएको  राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!