सरकारको चर्को आलोचना बढेपछि ओली-प्रचण्ड छलफलमा

Posted on: 24 Feb, 2020

फागुन १२, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको जताततै तिब्र आलोचना बढेपछि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ | यतिबेला सामाजिक सन्जालमा संविधान संशोधन, एमसीसी, गोकुल बाँस्कोटा प्रकरण र प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक प्रकरणबारे सरकार र नेकपाको चर्को आलोचना भइरहेको छ |

समसामयिक बिषयमा दुई अध्यक्षबिच छलफल भएइरहेको  प्रधानमन्त्री सचिवालयले जनाएको छ | निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटले सेक्युरिटी प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीपदबाट राजिनामा दिएका थिए |

बाँस्कोटा र प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा समेत आइतबार उजुरी परेको छ | त्यस्तै शनिबार बसको सचिवालय बैठकले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ |

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने र राष्ट्रियसभा सदस्य संख्या समेत बढाउने गरी संविधान संशोधन गर्न नेकपाले माधव कुमार नेपालको संयोजकत्वमा तिन सदस्यीय कार्यदल गठन गरेको छ | आइतबार मात्रै प्रधानमन्त्री ओलीले आफ्नो पुर्ख्यौली घरमा मनाएको जन्मोत्सव पनि निकै विवादित बनेको छ | जन्मोत्सव मनाउने क्रममा नेपालको नक्सा आकारको केक काटेपछि उनीप्रतिको राष्ट्रियता प्रस्ट भएको भन्दै विरोध भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!