सभामुख सापकोटा र कतारका राजदूतबिच भेटवार्ता

Posted on: 24 Feb, 2020

फागुन १२, काठमाडौँ | सभामुख अग्नि सापकोटा र  नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलबिच भेटवार्ता भएको छ | सभामुखको कार्यकक्ष पुगेर सोमबार राजदूत युसुफले भेटवार्ता गरेका हुन् |

भेटवार्ताका क्रममा कतारमा रहेका नेपाली कामहरुको योगदानबारे राजदूतले प्रशंसा गरेका छन् |  सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगदानबारे उनले प्रशंसा गरे |

सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरेका छन् भने राजदूतले सापकोटालाई बधाई तथा सफल कार्यकालको सुभकामना दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!