प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छ - बाबुराम भट्टराई

Posted on: 26 Feb, 2020


पर्वत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि पनि छानविन हुनुपर्ने बताएका छन् । प्रेस सेक्यिुरिटि मेशिन खरिद प्रकरणमा संचारमन्त्रीको मात्रै हात नभई प्रधानमन्त्रीको समेत संलग्नता हुनसक्ने आशंका गर्दै उनले प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्ने माग गरेका हुन । 

समाजबादी पार्टीको पार्टी विस्तार तथा सुदृढिकरण (विसु) कार्यक्रममा बोल्दै उनले  सरकारको दिनगन्ती शुरु भएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले संचारमन्त्रीको बाग्रेनिङको टेप २ महिना पहिला सुनेपनि त्यसबारेमा कुनै प्रतिक्रिया नजनाउनुले ओलीसमेत उक्त काण्डमा संलग्न हुनसक्ने भट्टराइले आशंका गरेका हुन् ।

भट्टराईले आफूमाथि दुश्मनी साँध्नको लागि आरोप लगाए फसाउन खोजिएको दाबी गरे । उनले प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनले आफूमाथि षडयन्त्र गर्न खोज्दा पाप धुरीबाट कराएको दाबी गरे ।

नेकपाभित्र रहेको गुटबन्दी र सरकारमा देखिएको भ्रष्टाचारको पछिल्लो नमूनाले सरकार आफै पतनको बाटो लागेको भट्टराईले दाबी गरेका हुन् ।  आगामी निर्वाचनमा समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा उदाउने  उनले दाबी गरे ।

साथै उक्त कार्यक्रममा पूर्वमाओवादी जिल्ला सचिव हाल नेकपाका सदस्य रहेका ढाकाराम गौतम सन्देशसहित नेकपा, काँग्रेसका डेढसय जना समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!