सचिवालय निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने प्रचण्डको दाबि

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने बताएका छन् | शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान पार्टीले सिफारिस गरेको र उक्त निर्णय प्रधानमन्त्रीले मान्नु पर्ने बताएका हुन् |

सचिवालयको निर्णय आधिकारिक भएको बताउंदै प्रचण्डले भने,'राष्ट्रिय सभामा एउटा सिट बाँकी छ । त्यो क्याविनेटबाट प्रुस्ताव गर्ने र राष्ट्रपतिबाट मनोनयन गर्ने । यसमा सचिवालयको सर्वसम्मत निर्णय अनुसार वामदेव गौतमलाई पठाउने भन्ने सुझाव सरकारलाई दिएको छ |'

प्रचण्डले गौतमको नाम सिफारिस नगर्ने भन्ने कुरा आफुले कल्पना समेत गर्न नसक्ने बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!