पुर्वमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहितको टोली पैदल हिडेर २० दिनमा नवलपरासी पुग्यो

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले पैदल हिडेर मेची-महाकाली यात्रा तय गरेको आज २० दिन पुरा भएको छ । २० दिनको पैदल यात्राको क्रममा रहेको माओवादी केन्द्रको नेताहरुको टोली अहिले नवलपरासी जिल्लाको सडक छेउ-छेउ हिडिरहेको छ । 

बिहिबार बेलुका माओवादी केन्द्रको टोली नवलपरासीको मध्यबिन्दु आईपुगेको थियो । मेची-महाकाली कुल लम्बाई १०२४ रहेकोमा मध्येविन्दुले पुर्वमा ५१२ किलोमिटर  र पश्चिममा ५१२ किलोमिटर छुट्याउँछ । यसको मतलब माओवादी केन्द्रको मेची-महाकाली यात्राले २० दिनमा आधा यात्रा पुरा गरि बाँकी यात्राको क्रममा रहेको छ । माओवादी केन्द्रको प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेश कमिटिले क्रमश: आ-आफ्नो प्रदेशमा पैदल यात्रा गर्दै मेची-महाकालीको १०२४ किलोमिटर यात्राको क्रममा रहेका पुर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले बताएका छन् । किरातीलाई मेची-महाकाली यात्रामा पार्टीका अन्य चार जना नेताहरु प्रदेश १ नम्बर अध्यक्ष बिमल निरौला, पहिचान मोर्चाको संयोजक तथा किराती राष्ट्रिय मुक्ती मोर्चाका अध्यक्ष साहस राई, प्रदेश ३ उपाध्यक्ष प्रकाश दाहाल र सुकुम्बासी संघका अध्यक्ष कुमार बान्तवाले मेचीदेखिनै पैदल हिडेर सहयोग गरिरहेका छन् । 

माथिको तश्वीरमा: माओवादी केन्द्रका अध्यक्ष किराती सहितको टोलीलाई गण्डकी प्रदेशमा स्वागत हुँदै ।

माओवादी केन्द्रले माघ २६ गते यात्रा थालनी गरेको थियो । यात्राका क्रममा रहेका माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले देश र जनताका लागि जस्तोसुकै चुनौती सामना गर्न सक्ने सच्चा देशभक्त पार्टीको रुपमा माओवादी केन्द्र अझै पनि सक्रिय रहेको भन्दै यसले सिङ्गो देशलाई नेतृत्व गर्न सक्ने विश्वास जगाउन मेची-महाकालीको पैदल यात्रा गरिरहेको बताएका छन् । अध्यक्ष किरातीले आफूहरुको यात्रा कष्टकर भएपनि पैदल यात्राको क्रममा जनताको साथ र समर्थनले यात्रामा थप हौशला मिलेको भन्दै परिआए पुर्वमा टिष्टादेखि पश्चिममा कांगडासम्मको यात्रा गर्ने संकल्प आफ्नो पार्टीमा रहेको बताए । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै अध्यक्ष किरातीले यो सरकारको भण्डाफोर गर्नको लागि पनि आफ्नो पार्टीले मेची-महाकाली अभियान गरेको बताएका छन् । 


माओवादी केन्द्रको पैदल यात्राको क्रममा १५ बुँदे माग सहित 'लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित नेपाली भूमी फिर्ताको राष्ट्रिय सहमति कार्यान्वयन गर्न देशभक्त जनप्रतिरोध संघर्ष बढाऔं' भन्ने नारामा प्रचार सामग्री जनता माझ बाड्दै चैत २४ गते काठमाडौँमा बृहत भेला आव्हान समेत गरेको छ । 


माओवादी केन्द्रले पैदल यात्राको क्रममा बागमती प्रदेशमा बाडेको पर्चा यस्तो छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!