प्रधानमन्त्री ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुँदै

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण गरिने भएको छ | आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मृर्गौला प्रत्यारोपण बारे जानकारी गराएका छन् |

नेकपाका  प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओली सोमबार अस्पताल भर्ना हुने भएका छन् | उनको  त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी भएको छ | ओलीको यो दोश्रो मृगौला प्रत्यारोपण हो | नेकपा सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यमा नेता वामदेव गौतम या युवराज खतिवडा कसलाई पठाउने भन्ने विषयमा नेकपामा विवाद भएपनि बैठकमा यसबारे कुनै छलफल नभएको बताइएको छ |

यसअघि सचिवालय बैठकमा बामदेव गौतमलाई राष्ट्रिय सदस्य बनाउने निर्णय भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!