मिर्गौला प्रत्यारोपण गर्नु अघि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

Posted on: 01 Mar, 2020

फागुन १८,काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी मन्त्रिपरिषदको बैठक बोलाएका छन् | सोमबार बस्ने मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बोलाइएको हो |

ओलीले बुधबार  मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् | जसको लागि उनी भोलि देखि नै अस्पताल भर्ना हुने छन | केहि समय अस्पतालमै बस्नु पर्ने भएकाले महत्वपूर्ण निर्णय गरिने जनाइएको छ |  राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस आजकै मन्त्रिपरिषदको बैठकले गर्ने वा नगर्ने भन्ने केहि खुलेको छैन |

काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिने प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकलाई जानकारी गराएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!