को हुन् प्रचण्डमाथि जुत्ता हान्ने ?

Posted on: 01 Mar, 2020

फागुन १२, काठमाडौं | आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित गरि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ | जुत्ता प्रहार गर्ने व्यक्ति पुर्व लडाकुका छोरा हुन् |

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलेको हो | २२ बर्षिय तिरुवा पुर्व लडाकु हुन् | उनले आफ्नो फेसबुक पेजमा चिनिया कम्युनिष्ट नेता माओसेतुंको तस्बिर समेत राखेका छन् | उनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए | नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन सकेर बस्ने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो |

उनलाई पक्राउ गरेर महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ | प्रचण्डलाई लक्षित गरि प्रहार गरिएको जुत्ता उनलाई भने लागेन | यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!