प्रचण्डमाथि जुत्ता हान्ने युवकको बयान यस्तो

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति पुर्व लडाकु भएको खुलेको छ | जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले जुत्ता प्रहार गरेका हुन् |

उनले प्रचण्ड माथि जुत्ता प्रहार गर्नुको कारण बताएका छन् | प्रहरीसंगको बयानमा प्रचण्डले वर्ग संघर्षको कुरा गरेको र आफुलाई मन नपरेको उनको भनाई छ | '‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्नु भयो | पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,|" उनले प्रहरी समक्ष दिएको बयानमा भने |

उनले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए | उनले हानेको जुत्ता प्रचण्डलाई लागेन |तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लियो |

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ | रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए | उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका छन | पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!