युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौँ | डा. युवराज खतिवडा पुनः अर्थ र संचार मन्त्रीमा नियुक्त भएका छन् |  राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए | 

बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् | खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।

उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!