सभापति देउवाले विभाग प्रमुख मनोनित गरेसंगै पौडेल पक्ष आन्तरिक छलफलमा

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका छन् | सभापति शेरवहादुर देउवाले विभागहरु गठन गरेसंगै थप विवाद बढेको हो | पौडेल पक्षको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो |

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी भएका छन् | सभापति देउवाले पौडेल पक्षलाई विभागमा बस्ने नेताहरुको नाम दिन आग्रह गरे पनि नाम नदिएपछि उनी एकलौटी ढंगले अगाडि बढेको बताएका छन् |

चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ | सहमतिका साथ भएका निर्णय र तय गरिएका कार्यक्रमहरूमा भने सहयोग गर्ने पौडेल पक्षको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!