राष्ट्रिय सभाका १८ सांसदद्वारा शपथ ग्रहण

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौं | राष्ट्रियसभाका नवनिर्वाचित १८  सांसदले पद तथा गोपनिएताको सपथ ग्रहण गरेका छन् | बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ ग्रहण गराएका हुन् |

सपथपछि अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो लगाइदिएका छन |

राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि गत माघ ९ गते निर्वाचन भएको थियो | १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो | २ बर्षे कार्यकाल फागुन २० बाट सकिएको हो |

निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरेको छैन |





























 


यस बिषयमा तपाइको प्रतिक्रिया...!