प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ | काठमाडौँको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार करिब ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन |

उपचारमा संलग्न चिकित्कसहरुले अब केहि समयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन् | ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् | ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको डाक्टरहरुको भनाई छ |

पहिलो पटक ओलीले १२ बर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!