काँग्रेसले अब सभा सम्मेलन नगर्ने

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौं |  नेपाली काँग्रेसले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ |  प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी  उक्त निर्णय सार्वजनिक गरेका हुन् |

नेपाल कोरोनाभाइरस(कोभिड-१९)को  उच्च जोखिमा परेकाले संक्रमण फैलन नदिन  काँग्रेसले पार्टीका ठुला कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ |

गत डिसेम्बरमा चिनको हुवान प्रान्तबाट फैलिएको कोरोनाभाइरसका कारण विश्व नै आतंकित बनेको छ | हालसम्म विश्वका ७५ भन्दा बढी देशमा उक्त भाइरसको संक्रमणबाट ३ हजार भन्दा बढी मानिसको  ज्यान गैसकेको छ |

त्यस्तै,काँग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने बताएको छ | विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिम ददेशमा राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!