प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न थाल्यो

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौँ | दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री केपि शर्मा ओलि र मिर्गौला दिने भान्जीको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् | ओलीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था राम्रो रहेको उपचारमा संलग्न डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिएका छन् |

ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले कामगर्न थालेको चिकित्सकको भनाई छ | ‘उहाँको होस आइसकेको छ’,उनले भने,‘अहिले पोस्ट अपरेटिभ वार्डमा सारिएको छ।’प्रधानमन्त्री ओलीले १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराए थिए |

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!