प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, मिर्गौलाले काम गर्न थाल्यो

Posted on: 05 Mar, 2020

फागुन २२, काठमाडौं | प्रधानमत्री केपि शर्मा ओलीको नयाँ प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न थालेको छ | त्रिवि शिक्षण अस्पतालका अनुसार ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको छ | बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै त्रिवी शिक्षण अस्पतालले प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको बताएको छ |

ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले जानकारी दिए | उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए | त्यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्प्तालले जनाएको छ | ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो |

१३ बर्ष अघि पहिलोपटक ओलीको भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!