प्रधानमन्त्री ओलीले भने,'म छिट्टै काममा फर्किन्छु'

Posted on: 06 Mar, 2020

फागुन २३, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलोलिले उपचार पछि छिट्टै काममा फर्कने बताएका छन | काठमाडौँको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलिले आफ्नो स्वास्थ्यमा तिब्र सुधार भएको बताएका हुन् |

उनीलाई चिकित्सकहरु बाहेक कसैलाई पनि भेट्न दिइएको छैन | शुक्रबार ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् | सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। "साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।"

धेरै खुशि लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू ! प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले जानकारी दिए | प्रधानमन्त्री ओलीको बुधबार दोश्रो मिर्गौला प्रत्यारोपण गरिएको थियो |

उनको स्वास्थ्यमा सुधार भईरहेको चिकित्सकहरुको भनाइ छ | उनले पहिलोपटक १३ बर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!