प्रधानमन्त्री ओलीलाई बुधबारसम्म डिस्चार्ज गरिने

Posted on: 09 Mar, 2020

फागुन २६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन् | उनले दोश्रोपटक गतहप्ता मिर्गौला प्रत्यारोपण गरेका थिए |चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ |

ओली आफै हिँड्डुल गर्न सक्ने र खान सक्ने भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् | अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैले पनि भेट्न नपाउने उनीहरुको भनाइ छ | ओलीलाई मिगौला दिने  समिक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी भइरहेको बताइएको छ |

मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते प्रधानमन्त्री ओली काठमाडौँको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका थिए | यस अघि ओलीले भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!