स्वास्थ्य मन्त्री भन्छन्,'अब सरकारले क्वारेन्टाइनमा राख्न सक्दैन'

Posted on: 10 Mar, 2020

फागुन २७, काठमाडौँ | कुनै व्यक्तिमा कोरोनाभाइरस(कोभिड-१९)को आशंका देखिएमा आफैले क्वारेन्टाइनमा बस्नु पर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् | 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवासंघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजस्तै अब सरकारले राख्न नसकिने स्पस्ट पारेका हुन् | 'क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने,भन्ने कुरा नगरौं' उनले भने,'अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ |'

डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो' सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने उनले बताए |सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने उनको भनाई छ |

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँने र त्यसको १४ दिनपछि नेपालमा क्वारेन्टाइन बसेपछि मात्र सामाजिक जीवन पाउने मन्त्री ढकालले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!