बाँस्कोटाको घरमा बम विष्फोट : विप्लव समूहका एक नेता पक्राउ

Posted on: 11 Mar, 2020

फागुन २८, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम पुर्वसंचार मन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराइएको आशंकामा एक जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा सरकार द्वारा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन |

उनलाई महानगरीय अपराध महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गरिने भएको छ | भक्तपुरको मध्यपुर नगरपालिका वडा नं १ लोकन्थलीस्थित बास्कोटाको निर्माणाधीन निजि निवासमा बम बिस्फोट भएको थियो | विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ |

उक्त घटनाबारे नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!