फागुन ३०, काठमाडौं | शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरे संगै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कदमका लागि आफू तयार रहेको बताएका छन् |
ओलीले ट्वीटरमार्फत मोदीको उक्त प्रस्तावको स्वागत गर्दै दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताएका हुन् | मोदीले शुक्रबार ट्वीट गर्दै आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने बताएका थिए |
सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सकिने मोदीको धारणा छ | सार्क राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् | त्यस्तै मोदीको प्रस्तावमा माल्दिभ्स, श्रीलंकाले पनि समर्थन जनाएका छन् |
हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र समेत हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!