भूमिमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

Posted on: 19 Mar, 2020

चैत्र ६, काठमाडौं | नेपालका लागि बार्तीय राजदूत विनयमोहन क्वात्रा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्याल बिच  शिष्टाचार भेटवार्ता भएको छ | बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-भारतबीचको सम्बन्ध विशेष रहेको मन्त्री अर्यालले बताएकी छिन् |

राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्न सक्ने राजदूतले बताएका छन | मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लामो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन् |

यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत उनले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ति कोशिस गर्ने उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!