विपन्न वर्गलाई अबिलम्ब राहत उपलब्ध गराउन सांसद साहको माग

Posted on: 29 Mar, 2020

चैत १६, सिरहा । कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला दैनिक ज्यालादारी गरि गुजारा चलाउने बिपन्न वर्गका जनतालाई अबिलम्ब राहत उपलब्ध गराउन प्रदेश २ का सांसद दिलिप साहले मांग गरेका छन् ।

सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने बताए ।

व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ । अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको उनले जिकिर गरे ।

उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो । तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’

उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!