थप ७ दिन लकडाउन गर्न सिफारिस

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौँ | कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको आजनै बस्ने बैठकले उक्त सिफारिसलाई अनुमोदन गरेमा थप ७ दिनको लागि लकडाउन लागू हुनेछ । 

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!