रासनसहित राज्यमन्त्री श्रमिकको डेरामा

Posted on: 05 Apr, 2020

चैत २३, काठमाडौँ | लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित सहरी विकास राज्यमन्त्री मानन्धर पुग्नुभएको छ ।

“लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुग्नुभएको हो । 


हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खरब गरेपछि मानन्धर त्यहाँ पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निक्कै भावुक बनेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!