सरकार आफ्नै निर्णयबाट पछि हट्यो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

Posted on: 09 Apr, 2020

चैत २७, काठमाडौं | लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछाडी हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकारले आफ्नो निर्णय डेढ घण्टामै फिर्ता लिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरुको बिहिबार बसेको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने तर उपत्यकामा आउन भने नदिने निर्णय गरेको थियो ।

तर प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार पछाडी हटेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

त्यसो त गहृकार्य र आवश्यक तयारी नै नभई निर्णय गरेपछि सरकार आफ्नै निर्णयबाट पछी हटेको छ । गृह मन्त्रालयले भोलि र पर्सि नै उपत्यकाबाट मानिसहरु पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ । 

अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!