अफगानिस्तानबाट युएनमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

Posted on: 15 Apr, 2020

वैशाख ३, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपालीहरुले स्वदेश फिर्ता हुन आग्रह गरिरहेको बेला लकडाउन पछि पहिलो पटक अफगानिस्तानबाट नेपालीहरु नेपाल फर्कन पाउने भएका हुन् । 

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्‍याएर ल्याउने बैठकले निर्णय गरेको छ ।’

अफगानस्तानमा कार्यरत यूएन मिसनअन्तर्गतका १८ जना नेपालीले स्वदेश फर्किनका लागि यूएनसँग आग्रह गरेका थिए । उनीहको आग्रहअनुसार यूएनले नेपाल सरकारलाई अनुमति मागेको थियो ।

नेपाल सरकारले उनीहरुलाई आउन अनुमति दिएपछि यूएनले काबुलबाट कुनै मुलुकमा ट्रान्जिट नगरी सिधै काठमाडौं आफ्नै प्लेनमा ल्याइदिनेछ । उनीहरुलाई नेपाल फर्केपछि सरकारको नियमअनुसार क्‍वारेन्टाइनमा राखिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!