अलपत्र परेका श्रमिकहरूको उचित प्रबन्ध गर्न निवर्तमान श्रममन्त्री बिष्टको अनुरोध

Posted on: 17 Apr, 2020

वैशाख ५, काठमाण्डौं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले जोखिमपूर्ण अवस्थामा रहेको श्रमिकको विवरण तयार गरेर उनीहरूले काम गर्ने संस्थालाई समेत जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै विष्टले केही दिनयता श्रमिकका समस्याका बारेमा समाचार आइरहेको बताउँदै बाटोमा अलपत्र परेका श्रमिकहरूको उचित प्रबन्ध गर्न सरकारले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!