डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा सरकारी वकिलको कार्यालयले पनि उजुरी लिएन

Posted on: 28 Apr, 2020

 बैशाख १६, काठमाडौं ।  पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उजुरी लिन अस्विकार गरेको छ । उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु सरकारी वकिल कार्यालय गएपनि कार्यलयले उजुरी नलिई फिर्ता पठाईदिएको राजेन्द्र महतोले जानकारी दिए  ।


सरकारी अधिकारी र नेताहरुबीच करिब २ घण्टा लामो छलफल भएको थियो । नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ । उजुरी दिन अपहरणमा परेका भनिएका डा. यादव सहित उपेन्द्र यादव लगायत नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा. यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।

सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले अध्ययनका लागि समय माग गरेका थिए  । राजेन्द्र महतोले उजरी दर्ता गर्नुपर्यो कि नगर्ने हो कारण बताउन माग गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!