मन्त्रीपरिषदको निर्णय: चैतको घरभाडा मिनाहा भए/नभएको अनुगमन हुने

Posted on: 30 Apr, 2020

वैशाख १८, काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेअनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय गरेको छ ।

मन्त्री परिषद्को चैत १६ गतेको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भए-नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।

घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!