नेकपा सचिवालयमा एकाएक ओली पक्षलाई बहुमत, ओलीलाई बामदेव र बादलको साथ

Posted on: 02 May, 2020

वैशाख २०, काठमाडौं । नेकपा सचिवालयमा एकाएक ओली पक्ष बलियो बनेको छ । अध्यादेश प्रकरणपछि पार्टीभित्र र बाहिर आलोचित भएर राजीनामा दिने सरकारको नेतृत्वबाटै हट्नुपर्ने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलले साथ दिएका हुन् । 

नेकपाभीत्रको नयाँ समीकरणसंगै सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली एकाएक बलियो बनेका छन् । प्रचण्डलाई माधव नेपाल गठबन्धनले साथ दिएपनि उनको पक्ष अल्पमतमा पर्ने देखिएको छ । नयाँ संरचनाले नेकपाभीत्रको संकट टरेको बताइएको छ ।

शनिबार बिहानैदेखि ओलीले बामदेवसँग बालुवाटारमा छलफल गरेका थिए । वामदेवलाई ओलीले कसरी कन्भिन्स गरे भन्ने कुरा खुलेको छैन । यस अघिनै ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने लोभ देखाएका कारण बामदेवले ओलीलाई साथ दिएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!