जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने मन्त्रिपरिषदको निर्णय

Posted on: 06 May, 2020

बैशाख २४, काठमाडौं । काठमाडौं । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 


कोरोना महामारीलाई नियन्त्रणमा राख्न सरकारले चैत ११ देखि लकडाउन शुरु गरेको थियो । पछिल्लो समय थपिएको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!