परराष्ट्रमन्त्रीको जवाफ: लिपुलेकमा भारतले सडक बनाएको जानकारी थियो

Posted on: 10 May, 2020

वैशाख २८, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा सरकारलाई पूर्वजानकारी रहेको खुलाशा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । 

सांसदहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयबारे सरकारलाई जानकारी थियो कि थिएन ? भन्ने  जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए । सोहि कुराको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सडक निर्माणबारे सरकारलाई थाहा भएको बताए । उनका अनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मन्त्रीज्ञावालीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको भन्दै वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १.५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न तयार रहेको बताउँदै आएको बताएका छन् । उनले फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल अगाडि बढेका बताए । तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । 

सरकारले यस विषयमा ध्यानाकर्षण गरेपछि सनिबारनै भारतीय विदेश मन्त्रालयको प्रवक्ताले प्रतिक्रिया दिएका छन्, जस अनुसार कोरोनापछि वार्ताको टेबलमा बस्न तयार रहेको भारतले जानकारी दिएको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!