भक्तपुरमा भेटिएका संक्रमित भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी

Posted on: 13 May, 2020

वैशाख ३१, काठमाडौँ  । मंगलबार कोरोना संक्रमित भेटिएका भक्तपुरका एक व्यक्ति पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान रहेको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि घरायसी कामले विदामा बस्दै आएका थिए ।

उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको छ  । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार काठमाडौं र भक्तपुरमा तीन जनासहित बिभिन्न स्थानमा गरेर ८३ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको थियो । भक्तपुरमा संक्रमित अर्का एक जना संक्रमित २५ महिला हुन् । यस्तै हिजो काठमाडौंमा एक ३३ वर्षीया महिलाको रिपोर्टमा पनि कोरोना पोजेटिभ भेटिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!