लकडाउनको ५५ औं दिन, थप १५ दिन लकडाउन गर्ने मन्त्रीपरिषदको निर्णय

Posted on: 17 May, 2020

जेठ ४, काठमाडौँ | सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेकोहो । यस अघिको निर्णयको अवधि सोमबार सकिदैछ ।  

आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या नेपालमा २ सय ९५ पुगेको छ ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि सनिबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको थियो ।

 

फाइल तश्वीर

यस बिषयमा तपाइको प्रतिक्रिया...!