इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछः सभामुख

Posted on: 25 May, 2020

जेठ १२, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।  इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव,  सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो । 

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास  व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सिनाबाट मानवजातिलाई जोगाउन एकतामा जोड

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसै अवसरमा सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गर्नुभएको छ । 


कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले रोगका कारण दिवङ्गतप्रति  श्रद्धाञ्जलिका  साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!