इद उल फित्रले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने छः राष्ट्रपति

Posted on: 25 May, 2020

जेठ १२, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा  रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । 

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको  महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर  पर्व मनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!