स्थगित परीक्षाबारे अब धेरै दिन अन्योलता रहँदैन : शिक्षामन्त्री

Posted on: 09 Jun, 2020

जेठ २७, काठमाडौं। कोरोनाभाइरसका कारण स्थगित परीक्षाहरुबारे अब धेरै दिन अन्यौलता नरहने भएको छ ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्थगित परीक्षबारे अब धेरै दिन अन्यौलन नरहने जानकारी दिएका हुन् । मन्त्री पोखरेलले मंगलबार संसदमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै कक्षा १० देखि विभिन्न तहका स्थगित परीक्षाबारे मन्त्रालयले चाँडै योजना सार्वजनिक गर्ने बताएका हुन् ।

‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा भएको अन्योलतालाई सरकारले तत्काल स्पस्ट पार्नेछ’, मन्त्री पोखरेलको भनाइ छ । उनले विद्यालय, स्नातक र स्नाकोत्तर सवै तहका अन्तिम परीक्षहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा सञ्चालन गरिने जनाए । 

उनले हाल पहिलो सेमेस्टर सकेकालाई परीक्षा नलिई अर्को सेमेस्टरमा लगेर पनि पढाई सुरु गर्ने र उपयुक्त समयमा उनीहरुको परीक्षा लिने व्यवस्था मिलाउने बताए । शैक्षिक सत्र क्षति हुन नदिन अन्तिम गृहकार्य भइरहेको पनि मन्त्री पोखरेलको भनाइ छ । उनले सिकाइ निरन्तरता सम्बन्धी निर्देशिका जारी गरेको भन्दै कोरोनाले परम्परागत शिक्षाको सिमिततालाई उजगार गरिदिएको भन्दै अर्कातिर यसले शिक्षा क्षेत्रमा केही अवसर सिर्जना गरेको दावी गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!