नेपालको संविधान (दोस्रो संशोधन)-२०७७ नेपाल राजपत्रमा प्रकाशित

Posted on: 19 Jun, 2020

असार ५, काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेका थिए । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । 


नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ । प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए । रासस 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!