सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, दर्जन बढी घाइते

Posted on: 28 Jun, 2020

असार १४, काठमाडौँ | सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । उक्त झडपमा गोली समेत चलेको बताइएको छ । तर प्रहरीले गोली चलेको पुष्टि गरेको छैन ।

उक्त ठाउँमा प्रहरी पुगिसकेको बताइएको छ । गोलीका छर्रा लागेर एक दर्जनबढी व्यक्तिहरु घाइते भएका छन् । कुन पक्षका कार्यकर्ता बढी घाइते भएका छन् भन्ने स्पष्ट नखुलेको भए पनि कांग्रेस पक्षले गोली चलाएको स्थानीयले बताएका छन् । 

घटनामा गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!