प्रधानमन्त्रीले बोलेपछि..., अयोध्यापुरी उत्खनन गर्ने तयारी

Posted on: 15 Jul, 2020

असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली 'अयोध्या' भएको दावी गरेपछि पुरातत्व विभागले त्यसको उत्खनन गर्ने तयारी गरेको छ । पर्साको 'अयोध्यापुरी' मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गरिने भएको हो ।

पुरातत्व विभागले अयोध्यापुरीमा अध्ययन र पुरातात्विक खोज सुरु गर्ने तयारी गरेको छ । सरकारले आदेश दिएलगत्तै बिभागले अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउने बताइएको छ । 

विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने बताइएको छ ।

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकिको आमश्र छ । त्यहाँ रहेको एक गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गर्ने गरिन्छ । उक्त स्थानलाई स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट समेत दिने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!