राहत लिएर गृहमन्त्री थापा पहिरो प्रभावित क्षेत्रमा

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित जानुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा उहाँसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो । 

प्राप्त विवरणअनुसार पहिरामा परी केही व्यक्तिको मृत्यु भएको छ भने ३३ भन्दा बढी बेपत्ता छन् । त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्कनुभएको थियो । त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!