बिप्लव माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

Posted on: 19 Sep, 2016

असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख जिल्ला अधिकारी शम्भू       मरासिनी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सहित आज ज्ञापनपत्र बुझाएको हो ।
     संयुक्त जनमरिषद् नेपाल पर्वतका प्रमुख बैकुण्ठ गिरी र नेकपा माओवादी पर्वतका सेक्रेटरी हिमाल पुनद्धारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा     सरकारले आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी बजारमा बढ्दै गएको महंगी, प्रशासनिक क्षेत्रमा बढेको भष्टचार, तथा कालोबजारीलाई तत्काल निर्यन्त्रणमा लिन आग्रह गरेको छ ।
    यता ज्ञापनपत्र बुझ्दै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले आफुले ज्ञापन पत्रलाई प्रधानमनत्रीको कार्यालयमा पठाउने बताए । साथै मरासिनीले ज्ञापन पत्रमा उल्लेख भएको जस्तै कालोबजारी महंगी लगायतको बिषयमा आफु गम्भिर भएको बताउँदै त्यसबारे स्थानिय तहमा हुनसक्ने काममा आफ्नो सबै संयन्त्र प्रयोग गरेर लाग्ने प्रतिबद्धता पनि जनाएका छन् ।  ७५ वटै जिल्लाबाट आइतबार विप्लब माओवादीले ज्ञापन पत्र बुझाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!