ग्रामिण सडक अबरुद्ध हुँदा हेलिकप्टर चार्टर गरेर अस्पताल

Posted on: 23 Sep, 2016

असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं लगिएको छ । सदरमुकाम कुस्माबजार देखि रानीपानी सम्मको सडक खण्ड बर्षातले ठाँउठाँउमा बिग्रिएर अबरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ छिस्ती गाविस( ३ रिठाबोटका टिका निधी पाध्यालाई बुधबार  श्री यएरलाईन्सको हेलिकोप्टर मार्फत काठमाडौ लगिएको हो ।  मंगलबार देखि स्वास प्रस्वासमा समस्या आउनुका साथै शरीरका बिभिन्न भागहरुमा फोका उठेकाले पाध्यालाई   उपचारार्थ सडक मार्गबाट पर्वतको कर्नासमा पुराईएको थियो ।
     तर ठाउँठाउँमा सडक अबरुद्ध भएका कारण उनलाई्र हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौ लगिएको उनका छोरा कौरब पाध्याले बताए ।
उनको अहिले काठमाडौको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । बागलुङको दक्षिणी भेग छिस्ती गाबिसमा सडक नपुग्दा त्यहाँका मानिसहरु पर्वतको पाङग्राङ, कर्नास, बाच्छा हुदैको सडकको प्रयोग गर्दै आएका छन् । उनीहरु सोही सडक मार्फत दैनिक उपभोग्य सामानको ढुवानी गर्दै आएका छन् । पर्वतमा वर्षातले अबरुद्ध भएका अधिकांश सडकहरु अझै पनि सूचारु हुन भने सकेका छैनन् । सडकसंजालले ग्रामिण भेगलाई सदरमुकामसम्म जोडिएता पनि १२ महिना चल्ले सडकहरु विरलमात्रमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!