शिवालय खानेपानीको अध्यक्षमा चारको उम्मेदवारी

Posted on: 26 Sep, 2016

असोज १० पर्वत । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कुश्माको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ । कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्य आईतवार सम्पन्न भयो ।
    संस्थाको अव बन्ने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनेहरुमा मानकुमारी गिरी, बाबुराम जोशी, विष्णुप्रसाद नेवार, लक्ष्मीकान्त आचार्य छन् । त्यसैगरी उपाध्यक्ष पदमा उम्मेदवारी दिनेहरु समेत ४ जना नै रहेका छन् ।
    उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनेहरुमा रमाकान्त शर्मा, उमादेवी कुमाल, सरिता भण्डारी, लक्ष्मी कुमारी शर्मा छन् । सचिव पदका लागि ३ जनाको उम्मेदवारी छ । रवि कुमार श्रेष्ठ, दिपुबाबु गिरी, दिपकराज गिरीले सचिव पदका लागि उम्मेदारी दिएका हुन् । कोषाध्यक्षमा राम     गिरी र हरिनारायण पाध्याको उम्मेदवारी     छ ।
    खुल्ला सदस्यतिरबाट उम्मेदवारी दर्ता गराउनेहरुमा शान्तिनारायण श्रेष्ठ, बलराम पाध्या, शालिग्राम पाध्या, नवराज गिरी,      राजेन्द्र नेपाली, फूलराज शर्मा,     नवराज भण्डारी रहेका छन् । नयाँ कार्यसमितिका लागि ६ जना महिला सदस्यहरु उम्मेदवारी परेको छ ।         महिला सदस्यमा उम्मेदवारी दर्ता गराउनेमा तुप्ला कुमारी शाक्य, बुद्धिकुमारी श्रेष्ठ, नम्रता गिरी, सीता नेपाली, ओमकुमारी श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुका विरुद्ध दावी       विरोध आज गर्न पाईने छ भने उम्मेदवारी फिर्ता भोलि विहान ११ बजेसम्मलाई तोकिएको निर्वाचन मण्डलले जनाएको छ ।  
संस्थाको कार्यसमितिमा अध्यक्षसहित ९ जना सदस्यहरु रहने व्यवस्था छ । संस्थाले २३ सयभन्दा बढी धारा वितरण        गरेको गरिसकेको छ । वितरित धारामध्ये नविकरण गर्ने ९०० जना उपभोक्ता सदस्यहरुले निर्वाचित कार्यसमिति सदस्यहरुलाई मतदान गर्नेछन् । निर्वाचनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन भएको     छ ।  
    संस्थाको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराउनेहरुमा पुरानै अनुहारहरु धेरै छन् । निवर्तमान कार्यसमितिका सचिव रविकुमार श्रेष्ठले आफ्नो नाम फेरि सचिव पदको उम्मेदवारका लागि दर्ता गराएका छन् । त्यसैगरी निवर्तमान कोषाध्यक्ष बाबुराम जोशीले आफूलाई अध्यक्ष र सदस्यहरु रमाकान्त शर्मा, उमादेवी कुमाल, लक्ष्मीकुमारी शर्माले उपाध्यक्ष पदका लागि उम्मेवारी दर्ता  गराएका हुन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिनेहरुमध्ये            मानकुमारी गिरी यसअघि संस्थाको उपाध्यक्ष भईसकेकी व्यक्ति हुन् भने लक्ष्मीकान्त आचार्य संस्थामा संस्थापक उपाध्यक्ष रहिसकेका व्यक्ति हुन् । संस्थाको शनिवार ते¥हौ साधारणसभा सम्पन्न भईसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!