अर्जुन थापाको तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’

Posted on: 26 Sep, 2016

साजन परियार । पर्वत
सञ्चारकर्मी तथा लोकगायक अर्जुन थापाले आफ्नो तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’ बजारमा ल्याउने भएका छन् । पहिलो र दोस्रो एल्वम्वाट दर्शक तथा श्रोतको मन जितेका थापाले आफ्नो तेस्रो एल्वम बाट पनि श्रोतको मन जित्ने अपेक्षा लिएका छन् । पहिलो र दोस्रो एल्वममा मायाप्रेमलाई समावेश गरेका थापाले तेस्रो एल्वम्मा आफ्नो गाउँको धार्मिक तथा पर्यटयिक स्थललाई प्राथमिकता दिएका छन् । उक्त गित उनकै शव्द,संगित र स्वरमा बजारमा आउन लागेको हो । बागलुङको अर्जेवा गाविसमा जन्मिएका थापा लामो समयदेखी सञ्चार पेशामा आवद्ध छन् । सुमुधुर स्वरका धनी थापा गायन क्षेत्रमा पनि उत्तिकै अव्वल मानिन्छन् ।
उनको यो कार्यलाई अर्जेवावासीले पनि साथ दिएका छन् । गित संगितको माध्यमवाट आफ्नो गाउँको परिवेशलाई समेट्ने उनको भनाई छ । ‘मैलै यो एल्वम्वाट अर्जेवा क्षेत्रलाई चिनाउने प्रयास गरेको छु–थापाले भने,‘मैले गरेको यो कामलाई अर्जेवावासीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ, यसमा म अत्यन्तै खुशी छु , साथीभाईको पनि त्यत्तिकै माया छ, त्यसैले यो एल्वम् छिट्टै बजारमा ल्याउने तयारी गरेको छु उनले भने,’। उनले यो एल्वम् दशै लगात्तै बजारमा ल्याउने तयारी गरेका छन् । उक्त गितको म्युजिक भिडियो समेत निर्माण गर्ने उनको भनाई छ ।

छोटो समयमै दर्शक तथा श्रोतको मन जित्न सफल भएका थापाले एक पछि अर्को एल्वम् बजारमा ल्याउन थालेका छन् । यस अघि उनले ‘भन्छ यो मनले कति रुने हो.....’ र त्यस लगत्तै तिज एल्वम् ‘टलटल टल्कीने टिका....’ लगायतका सुपरहिट गित बजारमा लिईसके छन् ।  अभियानको क्षेत्रमा समेत अव्वल मानिएका थापा अनुशाशित,लगनशिल र मेहेनेती व्यक्तित्वको रुपमा पनि चिनिन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!