एक हप्ते तालिम सम्पन्न

Posted on: 28 Sep, 2016

असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगेको सहभागीले बताएका छन् ।

डिभिजन सहकारी कार्यालय बाग्लुङका सहकारी निरिक्षक होमनाथ ढकालले  जिल्लामा रहेको सहकारी संघ निद्रामा रहेको बताएका छन् । सहकारीको हक हितका लागि गठन भएको सहकारी संघ निदाएता पनि आफुहरुले बेलाबेलामा झकझकाइरहेको उनले बताए । कुश्मा बजारमा रहेको विभिन्न सहकारीबाट २५ जना लेखापालको सहभागीता रहेको कार्यक्रममा सहभागी सन्तोष पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तालिममा लेखापालन सम्बन्धी आधारभूत शिप तथा तालिम प्रदान गरिएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ पर्वतको समन्वयमा भएको उक्त कार्यक्रममा प्रकाश पौडेल, मन्जु पौडेलले तालिम फलदायी भएको बताए ।


 जिल्लामा सहकारीको संख्या बढ्दो मात्रमा भएता पनि सहकारीको व्यवस्थापन र लेखामा पारदर्शीता नभएकाले कतिपय सहकारी कारवाहीमा परेका छन् । जिल्लामा संचालन भएका अधिकांश सहकारीले सरकारी ऐनले तोकेको भन्दा महङ्गो व्याजदार लिइरहेका छन् । जसले गर्दा नागरिक प्रत्यक्षमा मारमा परिरहेका छन् । सहकारीमा सस्तो व्याजदरमा ऋण पाइने भनिएता पनि सो अनुसारको सेवा पाउन नसकेको सेवा ग्राहीको गुनासो  छ । सहकारीहरु अहिले १७ प्रतिशत भन्दा माथि व्याज लिदै आइरहेका छन् । तर सरोकारवाला निकायहरु सहकारीले गरेको दिन दुइ र रात चार गुणाको धन्दा रोक्नको लागि पहल गर्न सकेका छैनन् । पर्वत जिल्लामा ३ सय ३१ वटा सहकारी दर्तामामा रहेका छन् जसमध्ये २० भन्दा बढि कारवाहीमा परिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!