तल्लो मोदी जलविद्युत आयोजनामा मजदुरले गरे आमहड्ताल, २५ प्रतिशत तलब बृद्धि गर्न माग

Posted on: 28 Sep, 2016

असोज १२ पर्वत । निर्माणधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् । तलब बृद्धिको माग गर्दै दुई दिनदेखि मजदुरहरु आमहड्तालमा उत्रिएका हुन् ।

मजदुरहरुले २५ प्रतिशत तलब बृद्धि, सुरक्षाको ग्यारेण्टीका साथै जिवन विमाको माग गर्दै आन्दोलनमा होमिएका हुन् । आयोजना अन्तरगतको अम्बोटमा रहेको सुृरुङमार्ग निर्माणका मजदुरहरु आन्दोलित भएका हुन् ।

साउथ एसियन इन्फेक्टर प्रालिले मजदुरहरुको ९ प्रतिशत तलबभत्ता बृद्धि गरेतापनि मजदुरले सरकारले बृद्धि गरेको तलबभत्ता अनुरुप आफुहरुले पाउनुपर्ने अडान राख्दै आएका छन् । बुधबार विहान कम्पनी र मजदुरविच बार्ता भएता पनि विना निश्कर्ष बार्ता टुंगिएको छ ।

आयोजना अन्तरगतको उक्त शुरुङमार्ग निर्माणकार्य जारी छ । साउथ एसियनले ४.२ किमि शुरुङ मार्ग निर्माणको लागि मनाङ ट्रेड मार्फत ठेक्कामा लिएको थियो जसको ४ सय ४५ मिटर शुरुङ निर्माण गर्नको लागि बाँकी रहेको छ । ठेकेदार कम्पनीले १५ दिनभित्र माग सम्बोधन गर्ने बताएको थियो तर माग सम्बोधन नभएपछि आन्दोलनमा होमिएको कृष्ण बहादुर लामिछानेले बताए ।

लामिछानेको नेतृत्वमा संघर्ष समिति गठन गरेर अहिले मजदुरहरु आन्दोलनमा होमिएका छन् । दिउँसो तीन बजे पुन बार्ता बस्ने तयारी भैरहेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!