धनकुटा कारागारबाट फरार कैदि संखुवासभामा पक्राउ

Posted on: 04 Oct, 2016

असोज १८, संखुवासभा | जिल्ला कारागार धनकुटाबाट फरार भएका एक कैदि एक महिनापछि प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत धनकुटाले डाँका मुद्धामा १६ बर्ष कैद फैसला तोकि कैद भुत्तान गदै आएका संखुवासभा चैनपुर नगरपालिका ९  का मिलन खडका गत भदौ ५ गते फरार भएका थिए । प्रहरीको साथमा सब्जी किन्न बजार गएको बेला प्रहरीको आँखा छलि धनकुटाको मदन चौकबाट फरार भएका थिए । 

२०६२ सालदेखि कैद भत्तान गदै आएका खड्कालाई संखुवासभाको मादिमुल खर्कबाट पक्राउ गरिएको संखुवासभाका डीएसपी गौतमकुमार केसीले बताए  

यस बिषयमा तपाइको प्रतिक्रिया...!